You are viewing the translated version of (नियम १२ सँग सम्बन्धित).

Schedule 4
(नियम १२ सँग सम्बन्धित)

पूर्व स्वीकृतिको लागि दिने निवेदनको ढाँचा
श्रीमान् महानिर्देशकज्यू,
वैदेशिक रोजगार विभाग ।
विषयः पूर्व स्वीकृति पाउँ भन्ने बारे ।
महोदय,
यस संस्थाले वैदेशिक रोजगार सञ्चालन गर्न इजाजतपत्र प्राप्त गरे बमोजिम रोजगारदाता संस्थासँग भएको सम्झौता वा सहमतिका आधारमा वैदेशिक रोजगारमा कामदार पठाउन देहायको विवरण खुलाई पूर्व स्वीकृति पाउन अनुरोध गर्दछुः–
(१) इजाजतपत्रवालाकोे,–
इजाजतपत्र नंः
इजाजतपत्र प्राप्त मितिः
नवीकरण वहाल रहने मितिः
(२) कामदार पठाउने मुलुकः स्थानः
(३) रोजगारदाता संस्थाको नाम र ठेगानाः
(४) रोजगारदाता संस्थाको कामको प्रकृतिः
(५) निवेदनसँग संलग्न गरिएका कागजातहरूः
(क) मागपत्र
(ख) अख्तियारनामा
(ग) करार
(६) प्रकरण ५ मा उल्लिखित कागजात प्रमाणित गर्ने निकायको,–
नामः
ठेगानाः
(७) प्रकरण ५ मा उल्लिखित कागजातहरू आधिकारिक हुन् फरक परेमा संस्था पूर्ण रूपमा
जिम्मेवार रहनेछ ।
इजाजतपत्रवालाको छाप इजाजतपत्रवालाको,–
दस्तखतः
नामः
मितिः